महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडाैं | माघ ५, २०८१

महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले आज बङ्गलादेशसँग खेल्दै तस्बिर फाइल

काठमाडौं:    मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

    
पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल  नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । 

    
गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

    
विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । 

    
नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

    
यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न । समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । 

    
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान छ देशको दुई समूह हुनेछ । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलङ्का तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ । सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

    
नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्